adv

माङसेबुङमा जारी महिला फुटबलमा आज वडा नं. ६ र ५ भिडदै

माङसेबुङ ।

माङसेबुङमा जारी महिला फुटबल प्रतियाेगिता अन्तर्गत आज शनिबार वडा नं. ६ र ५ भिडदै छ । वाइ पारेर सेमिफाइनल खेल सुरक्षित गरेकाे वडा नं. ५ सँग वडा नं. १सँगकाे सहज जीत निकालेकाे वडा नं. ६ ले प्रतियाेगिताकाे अन्तिम सेमिफाइनल खेल खेल्ने छ । विजेता टिमले माघ २० गते वडा नं. २ सँग फाइनल खेल खेल्ने छ ।

महिला फुटबल खेलका लागि प्रति खेल ८ हजार फेयर रकम प्रदान गरिने बताइएकाे छ । प्रतियाेगितामा प्रथम हुनेले नगद ३०  हजार सहित ट्रफि, म्याडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । खेलकाे दाेस्राे स्थान हासिल गर्ने टिमले २० हजार नगद सहित ट्रफि, म्याडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

माङसेबुङ खेलकुद विकास समितिलेकाे अायाेजनाा हुने महिला फुटबल प्रतियाेगिताबाट गाउँपालिकास्तरीय महिला फुटबल खेलाडी छनाैट समेत गरिने माङसेबुङ खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र खजुमले बताए । अन्तरवडा महिला फुटबल खेल सञ्चालन गरी गाउँपालिका स्तरीय खेलाडी छनौट गरी पबित्रहाङमा गोल्ड कपमा सहभागी गराइने बताएका छन् ।

माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा वार्षिक रुपमा सञ्चालन हुदै आएको छ । बुधबार देखी जारी प्रतियोगिता माङसेबुङ गाउँपालिका वडा नंं. २ को डोलटार खेलमैदानमा भइरहेको छ । खेल दिउसाे ११ बजे देखी सुरू हुनेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु