एजेन्सी । शारीरिक सम्बन्धपछि धेरै पुरुष निदाउने गर्छन् । महिलाहरु भने केहीबेर भए पनि थप उत्कर्षमा पुग्ने इच्छाले विभिन्न क्रियाकलाप गरिरहेका हुन्छन् ।
यौन सम्बन्धपछि महिलाले विभिन्न प्रकारका व्यवहार गर्ने गरेको एक बेलायती अध्ययनले देखाएको छ । अध्ययनअनुसार ३ प्रतिशत महिलाले धूमपान गर्ने र ४ प्रतिशत महिला मात्र सुत्ने गरेका छन् ।
दुई प्रतिशत महिलाले विभिन्न खानेकुरा खान्छन् । अध्ययनअनुसार ५ प्रतिशत महिलाले नुहाउँने गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ ।
महिलाहरुले यौन सम्बन्धपछि पनि विभिन्न प्रकारका काम गर्न बाध्यहुने गरेको अध्ययनले देखाएको छ । ८६ प्रतिशत महिलाले यौन सम्बन्धपछि कुनै न कुनै प्रकारको काम गरिरहेका पाइएको छ ।

