adv

समाजवादी विद्यार्थी युनियन धनकुटामा साेनिका

धनकुटा, २६ पुस ।

समाजबादि विद्यार्थी युनियन धनकुटा जिल्ला तदर्थ कमिटी साेनिका अाठपहरियाकाे अध्यक्षामा गठन भएकाे छ ।

पार्टीले अघि बढाएको संगठन बिस्तार तथा सुढृढिकरण बिसु अभियानलाई आत्मासाथ गर्दै समाजबादी पार्टीकाे विद्यार्थी संगठन समाजबादी विद्यार्थी युनियन धनकुटाको तदर्थ कमिटी गठन भएको हाे। सोनिका आठपहरियाकाे अध्यक्षतामा उपाध्यक्ष सुमन कट्वाल, सचीव बिकास राई, सह-सचीव अमृता लिम्बु, कोषाध्यक्ष सबिता भट्टराई रहेका छन् ।  सदस्यहरुमा कल्पना कार्कि, नवराज पौडेल, रेनुका तामाङ, सुस्मिता राई, स्मिता खिम्बुले, सुश्मा राई, अनुरा राई, बेबिन राई, राजेन्द्र लिम्बु, अस्मिता लम्जेल, रोनिसा राई, दीक्षा राई, शान्ती लिम्बू, स्मृति राई, अस्मिता बस्नेत, बिष्णु लिम्बु, लक्ष्मि याख्खा र सरु याख्खा रहेका छन् ।

पार्टीको बिशेश पहलमा संगठनको जिल्लासँगै नगर कार्यसमिति पनि एक कार्यक्रमकाबीच गठन भएको छ । नगर अध्यक्षमा अर्जुन आठपहरिया, सचिव  ममता मगर, कोषाध्यक्ष असिम भण्डारी, सदस्यहरु अषिन राई, रेणका राई, निसा राई, प्रदिप आठपहरिया, युवराज हमाल, साइत कुमारी आठपहरिया, युवराज हमाल , रञ्जना घिमिरे, सुपि्या राई, दिनेश आठपहरिया, सुम्निमा राई, निसल पौडेल, सरस्वती श्रेष्ठ, दिपेश कार्की, सहिन श्रेष्ठ, राहुल राई, पार्वती विश्वकर्मा सहित १९ सदस्यीय रहेका छन् ।

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य अर्जुन थापा, जुद्द राई, पुर्ण बहादुर बस्नेत, निर्वाचित वडा अध्यक्ष बिकास घिमिरे तथा महेन्द्र बुहुमुखी क्याम्पस धरानका स्वबियु सभापति सरगम सागर चेम्जोङले कार्यक्रम सहजीकरण गर्दै समसामयिक विद्यार्थी राजनीतिको बारेमा आफ्ना भनाई राखेका थिए ।

नव गठित कार्यसमितिको घोषणा पार्टी जिल्ला अध्यक्ष बल बहादुर राई र नगर अध्यक्ष दिल कुमार राईले घोषणा गरेकाेे हाे । साथै कार्यक्रममा अखिल क्रान्तिकारिका केन्द्रिय सदस्य योगेन्द्र राई समाजबादी विद्यार्थी युनियनमा प्रबेश गरेकाे हाे ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु