धरान, १ माघ।
एक सय ३० वटा रोटर्याक्ट क्लबको अध्यक्ष र सचिवहरुको भेला सुनसरीको धरानमा हुने भएको छ । आगामी चैत्र २२ गते धरान उपमहानगरपालिका वडा नंबर १८ मा हुन लागेको हो । रोटर्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिस, रोटर्याक्ट क्लब अफ बिर्तामोड र रोटर्याक्ट क्लब अफ धरान घोपाको सयुक्त आयोजनामा देशभरीका १३० वटा क्लबहरुका अध्यक्ष,उपाध्यक्ष, सचिव र कोषाध्यक्ष राष्ट्रिय भेला आयोजना हुन लागेको हो ।
भेलामा रोटर्याक्ट डिष्ट्रिक्ट ३२९२ अन्तर्गत रहेका एक सय ३० वटा क्लबबाट सहभागीहरु आउने बताईएको छ । दिनभर चल्ने राष्ट्रिय भेलामा चार घण्टासम्म तालिम सत्र संचालनमा रहने छ भने नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने गरी कार्यक्रम स्थलमा केही स्टल समेत राखिने कार्यक्रम रहेको छ ।


