adv

लिम्बू पत्रकार संघको केन्द्रीय समितिमा हरप्रहरकर्मी फियाक मनोनित

झापा ।

लिम्बू पत्रकार संघको केन्द्रीय समितिमा हरप्रहरन्यूज डटकमका सम्वाददाता भूमिका सुब्बा फियाक मनोनित भएकी छिन् ।

सोमबार मोरङको पथरीमा बसेको लिम्बू पत्रकार संघको पुर्ण बैठकले फियाकलाई केन्द्रीय समितिमा मनोनित गरेको हो । हरप्रहरन्यूजका लागि विर्तामोड क्षेत्रबाट सम्बाददाताको रुपमा कार्यरत छिन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नं. १ को उपाध्यक्ष, खेलकुद पत्रकार संघ झापाको सह–सचिव रहेर समेत काम गर्दै आइरहेकी छिन् ।

बैठकले राम योङहाङलाई कोषाध्यक्षमा, विष्णु सुब्बा आङदेम्बे, दिनेश लिङ्खिम, लोकेश लिवाङ र स्वर्णिमहाङ फोम्बोलाई केन्द्रीय समितिमा मनोनीत गरेको छ ।

त्यस्तै बैठकले लिम्बू पत्रकार संघको तेस्रो राष्ट्रिय महाधिवेशन आगामी फागुन पहिलो साता लिम्बुवान भुमिमा सम्पन्न गर्ने निर्णय गरेको छ ।

महाधिवेशन सप्पन्न गर्न लिम्बू पत्रकार संघका केन्द्रीय अध्यक्ष देवेन्द्र खापुङको अध्यक्षतामा पदाधिकारी, सदस्य र सबै जिल्ला अध्यक्ष सदस्य रहेको मूल आयोजक समिती समेत गठन गरेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु