adv

लिम्बु महासभा असामको पाँचौ त्रिकोणीय सम्मेलन सम्पन्न

असम, १५ जनवरी ।
लिम्बू महासभा असामले लखि खापुङलाई सभापति निर्वाचित गर्दै पाँचौ त्रिकोणीय सम्मेलन सम्पन्न गरेको छ । जनवरी १२ र १३ मा असमको विश्वनाथ चाराली जिल्लामा सम्मेलन सम्पन्न भएको हो । लखि यसअघि शोणितपुर जिल्लाका सभापति थिए ।

त्यसैगरी महासभाको कार्यकारी सभापति विष्णु इजम (सदिया जिल्ला), उपाध्यक्षहरू खामबहादुर खिम्दिङ (तीनसुकिया), रिवाज निङ्लेखु (शोणितपुर जिल्ला), बसन्त तुम्बाहाम्फे (नगौव), गणेश ताम्लिङ (लखिनपुर), कर्णकान्त मावो (कार्विअङ्लङ) लाई चयन गरेको छ ।

मुलसचिवमा कृष्ण सुब्बा पयाङ्गु (विश्वनाथ), सचिवहरू सञ्चमान सुब्बा (उदलगुरी), टेकराज कन्दङ्वा (तीनसुकिया), राजकुमार सेनिहाङ (गोलाघाट), मिना सुब्बा (कार्विअङलङ), सञ्चमान सुब्बा (उदलगुरी), पूजा सम्बाहाम्फे (लखिनपुर) छन् ।

कार्यक्रमका प्रमुख अतिथि आसामका विधायक गणेशकुमार तुम्बाहाम्फे लिम्बू थिए भने सांसद पल्लब लोचन दास, मन्त्री रञ्जित दत्त विशेष अतिथि थिए । त्यसैगरी अखिल असम छात्र संघ (आसु), अखिल असम गोर्खा जनजाति छात्र संघ, उत्तरपूर्व तामाङ बौद्ध संघ, भारतीय गोर्खा परिसंघका प्रतिनिधित्व रहेको थियो ।

कार्यक्रममा नेपालबाट गएका चर्चित गायकगायिका ब्रबिम सेर्मा र सुनिता थेगिमले भरपुर मनोरञ्जन दिलाएका थिए । स्थानीय कलाकारको पनि प्रस्तुति रहेको कार्यक्रममा लिम्बू लिम्बुनीहरूले भेषभुषा प्रदर्शन गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु