माङसेबुङ, १८ माघ ।
माङसेबुङमा जारी वडास्तरीय महिला फुटबल प्रतियोगितामा वडा नं. ६ फाइनल प्रवेश गरेको छ । आज शनिबार भएको सेमिफाइनल खेलमा वडा नं. ६ ले वडा नं. ५ लाई ० का विरुद्ध ३ गोलको नतिजा निकाल्दै वडा नं. ६ ले फाइनल खेल्ने पक्का गरेको हो । खेलकाे म्यान अफ दि म्याच माङसेबुङ ५ का खेलाडी जर्सी नं. १० का सन्जु लिम्बु घाेषित भइन् ।

जितसँगै माङसेबुङ वडा नं. ६ ले फाइनल खेल वडा नं. २सँग खेल्ने छ । फाइनल खेल माघ २० गते साेमबार हुनेछ । गतवर्ष पनि उपाधिका लागि वडास्तरीय महिला फुटबल प्रतियाेगितामा वडा नं. ६ र वडा नं. २ नै फाइनल प्रवेश गरेकाे थियाे ।

महिला फुटबल खेलका लागि प्रति खेल ८ हजार फेयर रकम प्रदान गरिने बताइएकाे छ । प्रतियाेगितामा प्रथम हुनेले नगद ३० हजार सहित ट्रफि, म्याडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । खेलकाे दाेस्राे स्थान हासिल गर्ने टिमले २० हजार नगद सहित ट्रफि, म्याडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

माङसेबुङ खेलकुद विकास समितिलेकाे अायाेजनाा प्रत्येक वर्ष भइरहेकाे महिला फुटबल प्रतियाेगिताबाट गाउँपालिकास्तरीय महिला फुटबल खेलाडी छनाैट गरी पबित्रहाङमा गोल्ड कपमा सहभागी गराइने खेलकुद समितिका अध्यक्ष राजेन्द्र खजुमले बताए ।

