माङसेबुङ, १८ माघ ।
माङसेबुङमा जारी वडास्तरीय पुरूष भलिबल खेलमा वडा नं. २ सेमिफाइनल प्रवेश गरेकाे छ । आज शनिबार वडा नंं ४ सँग रहेकाे खेलमा वडा नं. ४ काे अनुपस्थिति रहदा वडा नं. २ ले सिधा सेमिफाइनकाे यात्रा तय गरेकाे हाे ।
माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिकाे आयोजनामा हरेक वर्ष सञ्चालन हुदै आएकाे वडास्तरीय पुरूष भलिबल प्रतियाेगिताकाे भाेलि १९ गते २ वटा सेमिफाइनल खेल हुनेछ । पहिलाे सेमिफाइनल खेल ११ बजे देखी वडा नं. ३ र वडा नं. ६ बीच हुनेछ भने दाेस्राे सेमिफाइनल वडा नं. २ र वडा नं. ५ बीच हुने समितिका सचिव ढडकन सम्बाहाम्फेले बताए ।
वडास्तरीय पुरूष भलिबल खेलमा प्रति खेल २ हजार फेयर रकम प्रदान गरिने बताइएकाे छ । प्रतियाेगितामा प्रथम हुनेले २५ नगद हजार सहित ट्रफि, म्याडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । खेलकाे दाेस्राे स्थान हासिल गर्ने टिमले २० हजार नगद सहित ट्रफि, म्याडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा वार्षिक रुपमा सञ्चालन हुदै आएको छ । बुधबार देखी जारी प्रतियोगिता माङसेबुङ गाउँपालिका वडा नंं. २ को डोलटार खेलमैदानमा भइरहेको छ ।

