adv

यस वर्षको माईभ्याली गोल्डकप फागुन १५ देखि

इलाम :

पहाडी इलाकामा सबै भन्दा ठुलो र चर्चित माईभ्याली गोल्डकपको छैटौं संकरण फुटबल प्रतियोगिता यस वर्ष आगामी फागुन १५ गते देखि हुने भएको छ । इलाममा शनिबार माईभ्याली फुटबल क्लबले पत्रकार सम्मेलन आयोजना गरि प्रतियोगिताको तयारीबारे जानकारी गराएको हो । आयोजकका अध्यक्ष धिरेन चेम्जोङले तयारी सुरु भएको जानकारी दिए ।

प्राकृतिक सुन्दरता र दर्सकको अध्याधिक चाप रहन्ने माईभ्याल्ली खेल्न नेपालको ए डिभिजन मात्र नभएर बाहिरी देशको नाम चलेको क्लाबहरु पनि इलाम आउन आतुर रहेको अध्यक्ष चेम्चोङले बताए ।नेपालको ए डिभिजन क्लबबाट कम्तिमा ४ क्लाब, झापा इन्डियाको चर्चित क्लब मो मोडन, दार्जिलिङ भुटानको लिग बिजेता क्लब र जापानको युनिभर्सिटीको सहभागी हुने र अन्य क्लबहरु पनि आउनको लागि आतुर रहेको अध्यक्ष चेम्जोङले बताए । फाइनल २४ गते हुनेछ ।

माईभ्याली गोल्ड कपलाई थप ब्यवस्थित बनाउने क्रमामा वर्षेनी पुरस्कार राशिमा १ लाख रुपँया वृद्धि गर्दै गैरहेको छ । मोफसलको पहाडी भुभागको फुटबलमा राजधानी भनेर चिनिन्ने इलाममा धेरै खेलाडीहरुको एकपटक इलाम खेल्ने चाहाना राख्ने गर्छन ।

इलामको हरियाली बाताबरणमा आएर फुटबल खेल्नु पाउनु नै भाग्यमानी ठानेर धेरै क्लबहरुले इलामको टिकट काटन हत्तारिन्छन तर सबैले टिकट पाउन सक्दैन । यो वर्ष माईभ्याली गोल्डकपको विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैया प्राप्त गर्नेछन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु