adv

सैन्य गठबन्धन नरहे अमेरिकि सहयाेग एमसिसि स्वीकार्न सकिने- डा. भट्टराई

उदयपुर/

समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी अन्तर्गतको अमेरिकी सहयोग सैन्य गठबन्धन अन्तर्गत नभए मात्रै लिन सकिने बताएका छन् ।

आइतबारबाट उदयपुरको गाइघाटमा सुरु भएको पार्टीको प्रादेशिक प्रशिक्षणमा बोल्दै भट्टराईले सो कुरा बताएका हुन् ।पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले भने -‘एमसीसी सैन्य गठबन्धन रणनीति हो वा होइन भन्ने बारे सरकारले प्रष्ट भएर मात्रै सहयोग लिनुपर्दछ ।’एमसीसी परियोजनालाई अमेरिकाको इन्डो प्यासफिक स्ट्राटेजी अन्तर्गत हो भनेर विरोध भैरहेको बेला भट्टराईले विशुद्ध विकासको निम्ति सहयोग लिन सकिने धारणा राखेका हुन् ।

प्रशिक्षण कार्यक्रममा बोल्दै उनले समाजवादी पार्टीको वैदेशिक नीति नै सन्तुलित गतिशील तटस्थता र सन्तुलित सम-निकटता रहेको भन्दै सो अनुसार भारत, चीन, अमेरिका लगायत छिमेकी र अन्य मुलुकहरुसँग सम्बन्ध निर्माण गर्नुपर्ने जिकिर गरे ।

राष्ट्रिय  हितमा आँच आउने कार्य अमान्य हुने भन्दै भट्टाराईले वैदेशिक सहयोग नै नलिने भन्नू पनि गलत सोच भएको टिप्पणी गरे । वर्तमान सरकारले भ्रष्टाचारको डंगुर लगाउने मात्रै काम गरेको आरोप लगाउँदै उनले संविधान संशोधन नगर्ने नेकपा नीति बहुमतको दम्भ मात्रै रहेको बताए ।

पार्टीले सरकारमा बसेर संविधान संशोधनको निम्ति अन्तिम समयसम्म कोसिस गरेको भए पनि नेकपाले अटेर गरेकाले सत्ता छोडेर जनतामा आएको भट्टराईले स्पष्ट पारे ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु