adv

क्याम्पसमा बढेको बेतिथी बिरुद्ध नेविसंघकाे खवरदारी

इलाम :

इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा वढेको बेतिथी बिरुद्ध नेपाल बिद्यार्थी संघले खवरदारी सहितको कोणसभा सम्पन्न गरेको छ । गएको दुई महिना यता क्याम्पसमा भएको तालाबन्दी, प्रसासनको हेलचेक्रेयाइँ लगायतका विषयमा खवरदारी सहितको कोणसभा सम्पन्न भएको हो ।
कोणसभामा नेपाल विद्यार्थी संघ जिल्ला कार्य समितिका सचिव लक्ष्मण चौँलागाइँ र नेविसंघ क्याम्पस कार्य समितिका सभापती बबिन बोखिमले सम्बोधन गर्दै शैक्षिक संस्थामाथी राजनिति नगर्न नेपाल कम्युनिष्ट पार्टी र तिनका भातृ संगठनलाई सुझाव दिएका थिए ।

उनीहरुले पछिल्लो समय नेकपाको भात्रृ संगठन अनेरास्वियूले गरेको तालाबन्दी, इलाम नगरपालिकाले क्याम्पसमा पानी कटौती गरेको, क्याम्पस प्रमुखले जारी गरेको हिउँदे बिदा उल्ट्याउन सञ्चालक समितिले उक्साएर अर्को सूचना निकाल्न लगाएको, नेकपा इलामले क्याम्पस प्रमुखलाई कारबाही भन्दै तर्साउने काम गरेको प्रति आफुहरुले खवरदारी गरेको नेविसंद्ध क्याम्पस सभापती बोखिमको भनाई छ ।

उनले यस्ता बिक्रितीले बिद्यार्थीहरुलाई अध्ययन गर्ने वातावरण नभएको तथा प्राध्यापकहरुमा समेत अध्यापन गराउने बाताबरण नभएको भन्दै यसको अन्त्य गर्न आग्रह गरे । क्याम्पसमा करिव दुई महिना यता तालाबन्दी छ । तालाबन्दी खोल्न इलाम वजारका स्थानिय सहित नागरिक समाज ताला खोल्न गए पनि तत्काल ताला लगाउने कार्य भइरहेको छ ।

अखिलको नाम गरेर पूर्व अनेरास्वबीयू इश्वरी तामाङको नेतृत्वमा गएको बिद्यार्थीको समूहले ताला लगाउने गरेको छ । तामाङ इलाम नगरपालिकाका कर्मचारी हुन् । केही समय अगाडी क्याम्पस हाता भित्र अखिलकै दुई समूह बिच हानाहान हुँदा क्याम्पसका दुईवटा झ्यालका सिसा समेत फुटेका छन् ।

यता अखिल इलामको कुनै सम्लग्नता नभएको भन्दै अध्यक्ष प्रवेश पराजुलीद्धारा हस्ताक्षरित बिज्ञप्ति जारी भएको छ । यस्ता घटना नदोहोर्याउन र दोषीमाथी कडा कारबाही गर्न क्याम्पस प्रशासन तत्काल लाग्नु पर्ने माग सहित नेबिसंघले आन्दोलन सुरु गरेको जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु