संखुवासभा ।
तेह्रथुम देखी काठमाण्डौ जादै गरेको प्रदेश नं. ३–०१ ००५ ख ९५६२ नम्बरको मितेरी यात्रुवाहक बल सिधुवाको भालुखोपमा दुर्घटना भएको छ । दुर्घटनामा परि चालक सहित ३ जना घाइते भएको जनाइएको छ ।

घाइतेहरुलाई उपचारको लागि अस्पताल लैजनाने तयारी भइरहेको छ । दुर्घटना आज मंगलबार ३ः२५ बजे तिर बस अनियन्त्रित भई दुर्घटना भएको हो । विस्तृत विवरण आउन बाँकी छ ।

