adv

किरात राई विद्यार्थी संघ त्रिदेव बहुमुखीमा पंकज

झापा :

किरात राई विद्यार्थीहरुको साझा एवम गौरवशाली संगठन किरात राई विद्यार्थी संघ झापाले संगठन सुदृढिकरण तथा संगठन विस्तार अभियानलाई निरन्तरता दिएको छ । संगठनलाई चलायमान राख्नका लागि किरात राई विद्यार्थी संघ झापाले त्रिदेव बहुमुखी क्याम्पसमा इकाइ समिति गठन गरेको छ ।

पंकज राईको अध्यक्षतामा १३ सदस्यी समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा आशिका राई, सचिवमा पृष्टिका राई, सहसचिव सुस्मिता राई र कोषाध्यक्ष्मा सनम राई चयन भएको हो ।

समितिको सदस्यहरुमा लोचना राई, बबिता राई, कविता राई, राजु राई, सुजता राई, सुशिला राई, सुस्मिता राई र माया राई रहेका छन् ।  इकाइ गठनमा संघ जिल्ला अध्यक्ष सुनिल राई, सहसचिव मिलन राई, जिल्ला सदस्यहरु जितेन राई, दिपक राई, केनिज दुमी राई लगायतको उपस्थिति रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु