adv

किरात धर्म प्राचीन धर्म हो: मन्त्री आङबो

 सिदिङबा :

प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबो ‘मौसम’ले किरात धर्म प्राचीन धर्म भएको बताए । बुधबार ताप्लेजुङको सिदिङबा गाउँपालिका ४, साप्लाखु स्थित काबेली शिवलय माङहिममा स्थापना गरिएको महान समाज सुधारक राष्ट्रिय बिभूति महागुरु फाल्गुनन्दको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सो कुरा बताएका हुन् ।

‘किरात धर्म प्राचीन सभ्यता हो’ मन्त्री आङबोले भने, ‘किरात धर्म नेपालको इतिहास भन्दा पनि पुरानो छ’ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेईङ’ तथा गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनदेव समुपस्थितिमा गूरु गूरुआमासंगै पुगेका प्रमुख अतिथि समेत रहेका मन्त्री आङबोले भन,े ‘किरात धर्मका धार्मिक तिर्थ स्थलहरु माङसेबुङ लारुम्बा, चुक्चिनम्बा, सिलौटी, लब्रेकुटी, काबेली लगायतका धार्मिक तिर्थ स्थलहरुमा धार्मिक तथा पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्नको लागि सदैव बचन बद्धता गर्दछु ।’ मन्त्री आङबोले किरात धार्मिक पर्यटकिय क्षेत्रमा सरकारको तर्फबाट सहयोग रहेको बताए ।

उनले भने, ‘खानेपानी र सडक निर्माणको लागि माग राख्नु भएको छ, प्रदेश सरकारबाट सहयोग गर्ने प्रतिबद्धता जनाउछु ।‘ किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेईङ’ले कार्यक्रमको अन्त्यमा आशिर्वाचन दिनुहुदैं किरात धर्मले आत्मा सिद्धि, परमात्मा सिद्धि बानाउन सिकाउने बताउनु भयो । आशिर्वाचनकै क्रममा उहाँले भन्नुभयो, ‘यो भूमिको मालिक पनि हामी नै हौं, यो भूमिको बैज्ञानिक पनि आमी नै हौ., बिद्धान पनि हामी नै हौं ।’

काबेली शिवालय माङहिमको आयोजनामा सम्पन्न कार्यक्रममा, किरात चोलुङ मुहिङगुम अङसी माङगेन्ना सेवाका केन्द्रिय अध्यक्ष केहेरसिं योङहाङ, किरात धर्म तथा सहित्य उत्थान संघका संस्थापक महासचिव डा. चन्द्रकुमार सेर्मा, सिदिङबा गाउँपालिकाका अध्यक्ष लगायतको उपस्थिति रहेको कार्यक्रम घननश्याम थेबेको सञ्चालन, फुलमाया योङहाङको स्वागत मन्तव्य तथा युरेन्द्र राज थेबेको सभध्यक्षतामा सम्पन्न भएको थियो ।

यसैगरि आठराईत्रिबेणी गाएँपालिका १, निगुरादेन, चिलिङसे पिघोत पोखरीमा अवस्थित किरात हाङसाम फुत्लासो तुङगुन वरक माङहिममा समेत किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेईङ’ तथा गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनदेव समुपस्थितिमा साथ प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबो ‘मौसम’को प्रमुख आतिथ्यमा महागुरु शालिक अनावरण कार्यक्रम सम्पन्न भएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु