सुनसरी ।
मुटुरोगी सुमित्रा राईलाई मुटुको उपचार गर्नका लागि संकलन गरिएकाे आर्थिक रकम हस्तान्तरण गरिएकाे छ । बुधबार बिरामीलाई भेटेर २ लाख ४२ हजार ६ यस ६६ रुपैयाँ सहयोग रकम हस्तारन्तरण गरेको हो । पूर्ण किरातीको अगुवाइमा आर्थिक सहयोग रकम संकलन अभियान थालिएको थियो ।
पूर्ण किरातीको पहलमा कोरियामा २ लाख ७ हजार ४ सय ६५ रुपैयाँ संकलन भएको थियो भने रोमनियामा ३३ हजार २ सय १ रुपैयाँ र नेपालमा २ हजार रुपैयाँ गरी एकमुष्ट रकम हस्तान्तरण गरेको अभियान्ता पूर्ण किरातीले बताए । अभियान्ता किराती धनकुटाका स्थायी घर भइ विगत ६ वर्ष देखी कोरियालाई कर्मथलो बनाएर काम गर्दै आएका छन् । विशुद्ध सेवाको भावना लिएर काम गर्न मन पराउने किराती दुःख विराममा परेका, आर्थिक अवस्था कमजोर भएकाहरुलाई सहयोग गर्न पाउँदा खुसी अनुभव हुने बताउँछन् । उनि भन्छन– पैसा कमाउनका लागि विदेशिएको छु तर पैसा कमाउनुसँगै परेकालाई सहयोग गर्नु पनि उतिकै मन लाग्छ त्यसैले यस्ता अभियानहरुमा जोडिने गर्दछु ।

धनकुटा शहिदभुमी गाउँपालिका साबिक खोकुका २४ वर्षिया राई धरान उपमहानगरपालिका वडा नं. १६ मा बसोबास गर्दै आएकी सुमित्रा राईको मुटुको भल्भको अपरेसन गर्नु पर्ने बताए पछि उपचार गर्न आर्थिक अवस्था कमजोर रहेकोले आर्थिक सहयोगको अपेक्षा गरेकी थिइन् । । केही समय अघि देखी सहिद गंगालाल राष्ट्रिय ह्दय केन्द्रमा राईले मुटुको उपचार गराउदै आएकी छिन् ।
बिरामी सुमित्रा राईको नाममा राष्ट्रिय वाणिज्य बैंक धरान शाखामा रहेका खाता नं. २१६००२७६२४१० मा रकम जम्मा गरी सहयोग गर्न सकिनेछ ।बिरामीको बारेमा थप जानकारी लिनको लागि सुमित्रा राईको सम्पर्क नम्बर ९८०४०२२५६७ मा सम्पर्क गर्न सकिनेछ ।

