माङसेबुङ ।
माङसेबुङमा जारी पबित्रहाङमा कपकाे १०अाैं संस्करणकाे महिला फुटबल अन्तर्गत अाज शुक्रबार माङसेबुङ खेेलकुद विकास समिति ईलाम र माउण्ट एभरेष्ट स्पोर्टीङ क्लब सुनसरीबीच हुनेछ । माङसेबुङ गाउँपालिका वडा नं. ३ र ५ काे संगम स्थलमा रहेकाे खेलमैदानमा खेल दिउसाे २ बजे देखि सुरु हुनेछ ।
मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नुमाङ्गेन्ना सेवा समारोहको अवसरमा आयोजित फूटबल प्रतियोगितामा इलाम, पान्थर, झापा, मोरङ र सुनसरीका ८ टीमको सहभागीता रहेको छ ।

फूटबलको विजेताले नगद १ लाख १ सय ६४ रुपैयाँ र उपविजेता टिमले नगद ७५ हजार १ सय ६४ रुपैयाँ सहित मेडल, ट्रफि र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट कोचले जनही तीन हजार एक सय ६४ रुपैयाँ प्राप्त गर्नेछन् ।
पुरस्कार मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभजन्मोत्सव समारोहको अवसरमा फागुन ३ गते वितरण हुने आयोजकले जनाएको छ ।

