भूमिका सुब्बा, बिर्तामोड ।
विर्तामोड २ चारपानेमा गत मंगलवार राती भएको हत्या प्रकरणमा संलग्न २ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालयका एसपि कृष्ण कोइरालाले पत्रकार सम्मेलन गरी घटनाको बारेमा जानकारी गराएको हो ।

घटना साथीभाई बीचको झगडाका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । हत्या गरिएका सुभान शेख र उनका दुई जना साथी एक आपसमा मादक पदार्थ सेवन गरिसकेपछि झगडा शुरु भएको जनाएको छ । शेख विगत १० वर्ष देखी चारपाने क्षेत्रमा सामान्य मजदुरी गरेर बस्दै आएका थिए ।

विर्तामोड नगरपालिका वडा नं. २ चारपानेका लक्ष्मण यादव र करण चौधरीसँगै रक्सी सेवन गरेका थिए । उनिहरुपनि सामान्य मजदुरी गरी बस्दै आएको प्रहरीले जनाएको छ ।
सोमवार साँझ शेख र चारपाने क्षेत्रमै बस्दै आएका यादव र चौधरी सोहि समय एक आपसमा विवाद भएको थियो । शेखले दुवै जना साथीलाई गाली गलौज गरेपछि उनीहरु बीच झगडा भएको बुझिएको छ । पहिलो चरणमा सामान्य विवाद भएको थियो, दोस्रो पटकको भेटमा शेखमाथि ढुङगा प्रहार गरिएको जनाएको छ । ढुङ्गा प्रहार पछि घटनालाई लुकाउनका लागि परालमा आगो लगाएको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी गराएको हो ।
उनिहरुलाई कानून बमोजिम कार्वाहि प्रक्रिया अघि बढाउने जनाएको छ ।

