adv

बाल सहभागिता विषयक २ दिने प्रशिक्षण तालिम सुरु

भूमिका सुब्बा, मेचीनगर, २४ माघ ।

बाल जागरण मञ्च नेपालको आयोजनामा बाल सहभागिता विषयक २ दिने प्रशिक्षण कार्यक्रम आज शुक्राबार देखी सुरु भएको छ । मेचीनगर नगरपालिका वडा नं १० को आर्थिक सहयोगमा बालबालिको सहभागितालाई प्रभावकारी बनाउन तालिमको आयोजना गरीएको हो ।

बालजागरण मञ्चका अध्यक्ष मनिकुमार लिम्बुको अध्यक्षतामा तथा मेचीनगर नगरपालिका वडा नं. १० का वडा सदस्य धिरावती लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा धुलाबारी माबिका संरक्षक शिक्षक रमेश दाहाल, शिÞक्षिका इन्दिरा अधिकारी, शिक्षक तेजप्रसाद चौंलागाई, दिपेन्द्र कन्दङवा लगायतको उपस्थिति रहेको थियो ।

शुभकामना मन्तव्यको क्रममा बालबालिकाको सहभागिता कुनैपनि क्षेत्रमा महत्वपूर्ण हुने बताउदै आगामि दिनहरुमा पनि वडाको तर्फबाट सहयोग रहने प्रमुख अतिथि समेत रहनु भएकी वडा सदस्य धिरावती लिम्बुले बताइन् । त्यस्तै बालबालिका आजको हिस्सेदार भएकाले उनीहरूको सहभागिता महत्वपुर्ण रहेको र राज्यले पनि यसलाई महत्पूर्ण पाटोको रूपमा लिनुपर्ने धारणा शिक्षक तेजप्रसाद चौलागाइले राख्नु भयो ।

२ दिन सम्म सञ्चालन हुने तालिममा मेचीनगर वडा नं. १० का २ वटा विद्यालयका ३० जना विद्यार्थीहरुको सहभागीता रहने जनाएको छ । कमल चापागाई, पत्रकार पर्वत पोर्तेल, मनिकुमार लिम्बु र मदन अधिकारीले तालिमलाई सहजिकरण गर्ने बताइएको छ ।

उद्घाटन कार्यक्रममा बाल जागरण मञ्च नेपालका सह–सचिव युवराज दाहालले स्वागत मन्तव्य राखेको थियो भने मञ्चका सदस्य भुमिका सुब्बाको सञ्चालन रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु