माङसेबुङ ।
इलामको माङसेबुङमा जारी हाम्रो पहिचान, राष्ट्रको शान भन्ने नाराका साथ पवित्रहाङमा कप १०औं संस्करण अन्तरगतको महिला फुटबल प्रतियोगितामा एमपिएससी माङसेबुङ फाइलन प्रवेश गरेको छ । आज सोमबार भएको पहिलो सेमिफाइलन खेलमा चुलाचुली गाउँपालिका खेलकुद विकास समिति इलाम विरुद्ध सहज जित निकाल्दै एमपिएससीले फाइलन खेल खेल्ने पक्का गरेको हो ।

खेलमा पहिलो हाफमा थपिएको अतिरिक्त समयमा एमपिएससी माङसेबुङमा जर्सी नं. ९ का सुजुहाङमा लिम्बुले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । दोस्रो हाफको २६औं मिनेटमा, ३२औं मिनेटमा र ३५औं मिनटमा पुनः सुजुहाङमाले गोल गर्दै फराकिलो नतिजा कायम गरेकी थिइन् । लिम्बु खेलको वुमन अफ दि म्याच समेत घोषित भइन् ।
फाइनल खेल आगामी फागुन २ गते हुनेछ । फाइलनमा एमपिएससी माङसेबुङले भोलि मंगलबार माउण्ट एभरेष्ट सुनसरी र लेटाङ फुटबल क्बल मोरङबीच हुने खेलको विजेता टिमको सामना गर्नेछ ।

फूटबलको विजेताले नगद १ लाख १ सय ६४ रुपैयाँ र उपविजेता टिमले नगद ७५ हजार १ सय ६४ रुपैयाँ सहित मेडल, ट्रफि र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट कोचले जनही तीन हजार एक सय ६४ रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियाेगिता आत्मा पवित्र हक्चात यक्चुमकाे आयोजनामा प्रत्येक वर्ष हुर्दै आएको छ । फाइनल खेल फागुन २ गते हुनेछ भने पुरस्कार मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभजन्मोत्सव समारोहको अवसरमा फागुन ३ गते वितरण हुने आयोजकले जनाएको छ ।

