adv

लेटाङ फुटबल क्लब उपाधि नजिक: फाइनलमा लेटाङ र माङसेबुङ भिडदै

माङसेबुङ ।

इलामको माङसेबुङमा जारी पवित्रहाङमा कप १० औं संस्करण खेलकुद प्रतियोगितामा लेटाङ फुटबल क्लव मोरङ फाईनलम प्रवेश गरेको छ । आज मंगलबार भएको सेमिफाइलन खेलमा माउण्ट एभरेष्ट सुनसरीलाई ट्राइबेकरमा पराजित गर्दै लेटाङ उपाधि नजिक पुगेको हो ।

खेलको पहिलो हाफसम्म दुवै टिमले अवसरहरु पाए पनि सदुपयोग गर्न नसक्दा गोल रहित बराबरी खेलेको थियो । खेलको दोस्रो हाफको ५औं मिनेटमा माउण्ट एभरेष्ट सुनसरीका मुना मगरले गोल गर्दै टिमलार्इृ अग्रता दिलाएकी थिइन् । तर अग्रता धेरैबेर कायम राख्न सकेन । लेटाङकी मेखा खजुमले दोस्रो हाफको १४औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएकी थिइन् । निर्धारित समयसम्म १–१ गोलको नतिजा कायम रहे पछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।

ट्राइबेकरमा लेटाङले ५–४ को नतिजा निकाल्दै सुनसरीलाई पराजित गरेको हो । उपाधिका लागि फाइलन खेल लेटाङले एमपिएससी माङसेबुङसँग फागुन २ गते खेल्ने समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले बताए । खेलको वुमन अफ दी म्याच लेटाङ मोरङकी कल्पना कार्की घोषीत भईन् ।

जन्मोत्सव समारोहका खेलकुद विभाग संयोजक तथा आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा विगतका वर्षझै मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित फूटबल प्रतियोगिता बिजेता तथा उपविजेतालाई फागुन ३ गते पुरस्कार वितरण गरिने आयोजक समितिका सचिव सरिता राईले बताईन ।

माङसेबुङ ५ स्थित खेलमैदान

फूटबलको विजेताले नगद १ लाख १ सय ६४ रुपैयाँ र उपविजेता टिमले नगद ७५ हजार १ सय ६४ रुपैयाँ सहित मेडल, ट्रफि र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट कोचले जनही तीन हजार एक सय ६४ रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियाेगिता आत्मा पवित्र हक्चात यक्चुमकाे आयोजनामा प्रत्येक वर्ष हुर्दै आएको छ । फाइनल खेल फागुन २ गते हुनेछ भने पुरस्कार मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभजन्मोत्सव समारोहको अवसरमा फागुन ३ गते वितरण हुने आयोजकले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु