इलाम ।
इलामको माबु छोडेर माङ्सेबुङ आउदा निक्कै समस्याले गाज्दै जिन्दगीमा धेरै अवसरलाई गुमाउदै आफ्नो दिनचर्या बिताएका प्रकाश सावादेनले गित सङ्गितमा लागेर धर्म र सस्कृतीलाई अगाडि बढाउने अठोट लिएका छन । सङगित कर्म उनलाइ फलामको चिउरा चपाए झै लाग्ने सावदेनले किरात जागरणका गित देखि मायासङ्ग जोडिएका गितको रचना गर्दै, आफै गाउदै, सङ्गीत भर्दै आएका छन् । उनले बढ्दो प्रतिस्पर्धा र क्वालिटीको पछी नलागेर आफ्नोपन दिन खोज्ने प्रयास गर्दैछ्न ।
किन क्वालिटिमा लाग्नुभएन भन्ने प्रश्नमा सावादेनले भने सबैकुरा पैसाले गर्छ त्यही भएर आफै प्रयास गरिरहेको छु । धेरै प्रयासपछि उनले पहिले एल्बम मिक्सेन बजारमा ल्याए । सुखी परिवारको चरितार्थ छोराको नामबाट एल्बमको नाम जुराएका सावादेनले छोरी स्वस्तिका सावादेनलाइ सङ्गीत कर्ममा लाग्न अभिप्रेरणा दिइरहेका छन । उनको पहिलो मिक्सेनमा आठ गित समेटिएको थियो । आजको सानो कोपिला, फुङहेक्के, थेइ फेन्दुङाङ, इक्सा नेने, थेचम्बु थो, पोगिरो चुम्से, माङ चइत, यो नेत्र रहेका छन । दोश्रो एल्बम माबुधाममा ६ गित छन । माबुधाम,कसलाई पोखाउ,उडायो उडायो, मर्दा, जन्मेछु खाली, किन होला सङ्ग्रहित छन । यस्तै तेस्रो एल्बम बजारमा ल्याएका छन । इक्ला सुम्फुङ नामक गीति सङ्ग्रहमा ६ गित राखिएका छन । ओरिल्लो (हाक्पारे), नाम्केका (भजन), पालाम, खाहुन साम्लो, नाम्सामी लासामी, युमा माङले साम्मेतुबा छन ।
सावादेनले नयाँ सम्भावना बोकेका कलाकारलाई आफ्नो एल्बममा राखेका छन । सन्चहाङ सम्बाङ्फे, नरजित चेम्जोङ, तिर्थ तुम्सा र कमला थलङलगायत नयाँ अनुहार लिएर बजारमा आएका छन । उनले नयाँ एल्बममा भएका सबै गितको भिडियो तयारी गर्ने क्रम्मा हाक्पारेलाई भने Mangsebung TV युटुब च्यानलमा राखेका छन । २०४० असार १३ गते आइतबार बाबू नरकुमार सावादेन र आमा गङ्गामाया थेबेकी कोखबाट जन्मेका सावादेनले बुङ्छेन देबिका सङ्ग बिबाह बन्धनमा बाधिएपछी उनि गित सङ्गीत यात्रा तय गरिरहेका छ्न । बेसिजनको व्यापार गरेर घरखर्च टार्दैभएपनि अहिले उनी किरात धर्म सम्बद्ध संघ सस्थामा त्यतिकै तल्लिन छन । उनको गित सङ्गीत यात्रा सफल रहोस शुभकामना ।

