झापा ।
युवा पुस्तामाझ फरक शैलिका गीतहरु पस्केर चर्चाको शिखरमा रहेका गायक एकदेव लिम्बूको आवाजमा सजिएको गीत ‘शीरफूल २’ भिडियो सार्वजनिक भएको भएको छ ।
गायक एकदेव र बियोण्डको शव्द रचना रहेको टिपिकल लिम्बू र नेपाली भाषामा फ्यूजन गरि गीतको भिडियो सार्वजनिक गरिएको तीन दिनमा नै युट्युवकाे ट्रेन्डिङ २ मा पर्न सफल भएको छ ।

बियोण्डले गीतलाई आधुनिक पप मेलोडी तथा माैलिक लिम्बू लयमा फ्यूजन गरी संगीत भरेका छन् । मौलिक प्रेमलाई समेत झल्काईएको लिम्बुनी भनेर प्रेम गर्नू खोज्दा मगरनी पर्दाको फसाद पिडालाई भिडियोमा निर्देशक घोङबाले आकर्षक शैलीमा प्रस्तुत गरेका छन् ।
एकदेव, बियोण्ड, प्रिया लिम्बू र एलिसा पुन मगरको दमदार अभिनय रहेको भिडियोलाई बिकास मगरले खिचेका हुन् ।
फमाहिम बुटीकको पहिरन रहेको भिडियो नेस स्टुडियो युट्यूवमार्फत सार्वजनिक गरिएको हो । बिट्स, मिक्सिङ र मास्टरीङ ब्रिजेस श्रेष्ठको रहेको गीतमा गिटार बिटुको रहेको छ ।
https://www.youtube.com/watch?v=AslPKXn11Go&feature=emb_title

