adv

अग्रवाललाई बिमा रकम बापत एनआईसीद्वारा १५ लाख प्रदान

झापा । 

एनआईसी एसिया बैङ लिमिटेड विर्तामाेड शाखाले गम्भिर राेग उपचारबिमा बापत १५ लाख रूपैयाँ भुक्तानी गरेकाे छ । झापाकाे विर्तामाेडमा बसाेबास गर्दै अाएका महेश अग्रवाललाई उपचार बापतकाे १५ लाख रूपैयाँकाे चेक हस्तान्तरण गरेकाे हाे । बैंकले उपलब्ध गराएकाे बीमासहितकाे बचत खाता सुविधा अन्तर्गत खातावालाले अाेपन हार्ट सर्जरी गराए वापत साे रकम बराबरकाे बीमा रकम प्राप्त गरेका हुन् ।

अग्रवाललाई एनआईसी एसिया बैङ लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले चेक हस्तान्तरण गरेका हुन् । अग्रवालको भारतस्थित मेदान्त अस्पातालमा मुटुको ओपन हार्ट सर्जरी गरिएको बताइएको छ । अग्रवालले एनआईसी एसिया बैङ लिमिटेडको चन्द्रगढी शाखामा सुपर चमत्कारीक डायमण्ड खाता खोलेका थिए ।

उनलाई उपचारमा लागेको खर्च बापत सो रकम हस्तान्तरण गरिएको हो । चेक बुझदै अग्रवालले एनआईसी एसिया बैङका कारण आफुलाई धेरै राहत भएको प्रतिक्रिया दिए ।

सहायक प्रमुख कार्यकारी अधिकृत राठीका अनुसार अहिलेसम्म देशका १ सय २७ भन्दा बढी ग्राहकहरुले बीमा बापत रु ८७ लाख भन्दा बढी रकम प्राप्त गरेका छन् । बैंकले अहिले तीन किसिमका बीमा सुविधाहरु समेटिएको न्यु सुपर चमत्कारिक बचत खाता सञ्चालनमा ल्याएको छ । जसबाट ग्राहकहरुले रु २१ लाख बराबरको सुविधा लिन पाउने बैंकले जनाएको छ ।

सो सुविधा अन्तरर्गत खातावालाहरुको दु,र्घटनाबाट मृत्यु वा पूर्णरुपमा अशक्त भएमा रु १० लाखसम्म ,१८ घा,तक रोगहरुका लागी रु १० लाख तथा रु १ लाख सम्मको औषधी बीमा उपलब्ध गराइने बैंकले जनाएको छ । मुलुकभर तीन सय १९ शाखा , चार सय ५० एटिएम ,एक सय ६ वटा एक्स्टेनसन काउण्टर तथा ५२ वटा शाखारहित बैकिङ्ग सेवा प्रदान गदै आएको बैकका प्रमुख सुचना अधिकारी सुधिरनाथ पाण्डेले जानकारी दिए ।

एनआईसी एसिया बैङ लिमिटेडमा देशभर करिब २१ लाख ग्राहर गरेहेकाे छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु