काठमाडौँ।
गायन रियालिटि सो ‘दि भ्वाइस अफ नेपाल’ ले धेरै नै लोकप्रियता कमाइसकेको छ। यसको पहिलो सिजन सँगै दोस्रो सिजन पनि सकिएको छ। अहिले दोस्रो सिजनका फाइनालिस्टहरु विश्व भ्रमणमा रहेको छन्।
तर, ‘दि भ्वाइस अफ नेपाल सिजन १’ का फाइनालिस्ट सप्तक दुतराजले सामाजिक सञ्जाल फेसबुकमा खुल्ला पत्र मार्फत आफ्नो हिसाब किताब अहिले सम्म पनि चुक्ता नगरेको उल्लेख गरेका छन् ।



