adv

कोरोना कहर : अत्यावश्यक सेवाप्रदायक बाहेकका सरकारी कार्यालय बन्द !

काठमाडौं, ९ चैत्र ।
विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)को संक्रमण हुन सक्ने खतरालाई आँकलन गरेर सरकारले आइतबारदेखि अत्यावश्यक बाहेकका सरकारी कार्यालयहरु बन्द गरेको छ ।
कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न सरकारले राजपत्रमै सूचना प्रकाशित गरेर अत्यावश्यक सेवा दिने बाहेकका सरकारी कार्यालयहरु चैत्र २१ गतेसम्मका लागि बन्द गर्ने जनाएको हो ।
सम्भावित जोखिम न्यूनीकरणका लागि सरकारले यसअघि देखि नै स्वास्थ्य सचेतना अपनाउने लगायत २५ जना भन्दा धेरै व्यक्तिलाई एकै ठाउँमा भेला नहुन अनुरोध गर्दैआएको छ ।


सरकारले अत्यावश्यक सेवाप्रदायक कार्यालयहरुमा अस्पताल, औषधि पसल तथा स्वास्थ्य सेवा, दैनिक उपभोग्य सामग्रीको बिक्री वितरण, पेट्रोलियम तथा खानेपानीको ढुवानी तथा बिक्री वितरण, टेलिफोन तथा इन्टरनेट, सञ्चारमाध्यम, बैंक, बीमा, विद्युत् सेवालाई तोकेको छ ।
त्यस्तै फोहोर ढुवानी तथा विर्सजन, हुलाक सेवा, आन्तरिक तथा सुरक्षा कार्यसँग सम्बन्धित सेवा, मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा दिने कार्यालयहरु पनि बन्द नहुने जनाइएको छ ।
कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले गत शनिबार रातिदेखि अन्तर्राष्ट्रिय हवाई उडान रोकेको छ भने लामो दुरीका सडक यातायात पनि रोक्ने सरकारी तयारी छ ।
यसअघि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा जारी गरेको सन्देशमा ‘देशैभर संघ, प्रदेश र पालिकाका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।’ भनिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु