adv

कोरोना भाइरस संक्रमणको आशंका लागेकालाई सबै अस्पतालले उपचार गर्नुपर्ने

काठमाडौं, ९ चैत्र ।
कोरोना भाइरस संक्रमणको आशंकामा अब कुनै पनि बिरामीलाई अस्पतालहरूले जाँच र उपचारको अनिवार्य व्यवस्था गर्नुपर्ने भएको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार कोरोनाको शंका लागेर जँचाउन र उपचार गर्न आएका बिरामीलाई सम्बन्धित अस्पतालले नै उपचारको प्रवन्ध गर्नुपर्ने निर्देशन गरिएको हो । एक सय शैया माथि क्षमता भएको असप्तालले यस्तो प्रवन्ध आफैले गर्नुपर्ने छ । साथै यस भन्दा कम क्षमताका अस्पताललाई पनि यो नियम लागू हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


यसअघि कोरोना भाइरसको संक्रमण भएको आशंका लागेमा सरकारी, निजी र सामुदायिक अस्पतालहरुले बिरामीलाई काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल पठाउने गरेका थिए ।
मन्त्रालयले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर सबै निजी अस्पतालहरूलाई कोरोना भाइरसका शंकास्पद बिरामीका लागि छुट्टै आइसोलेसन बेड र फिबर क्लिनिकको व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।
शंकास्पद बिरामीहरुको हकमा अस्पतालहरूले आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने तथा घाँटी र नाकको नमूना परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउनुपर्ने व्यवस्था गरिएको छ । यसरी उपचारका क्रममा कसैलाई कोरोना भाइरसको संक्रमण देखिएमा सम्भव भएसम्म अस्पतालमै उपचार गर्नुपर्ने र रेफर गर्नुपरे भएमा आवश्यक सबै मापदण्ड पुर्याएर एम्बुलेन्समा मात्र पठाउन पाइने निर्देशनमा उल्लेख छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु