adv

बहराइनमा बस्ने तीन जना नेपालीमा कोरोना भाइरसको संक्रमण

काठमाडौं, ९ चैत्र ।
वैदेशिक रोजगारीको क्रममा हाल बहराइनमा रहेका तीन जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।


नाम र नेपालस्थित स्थायी ठेगाना नखुलाइएका उनीहरुमा कोरोनाको संक्रमण देखिएकाले हाल क्वारेन्टाइनमा राखेर उपचार थालिएको बहराइनस्थित नेपाली राजदूत पदम सुन्दासले जानकारी दिएका छन् ।
उनीहरुको त्यहाँस्थित स्थानीय अस्पतालमा उपचार भैरहेको नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार बहराइनमा करिब ३५ हजार नेपाली रहेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु