दमक, ९ चैत्र ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको शब्द र संगीतमा अहिलेको कोरोना सन्त्रासको सन्दर्भमा गीत तयार पारिएको छ ।

‘आऊ माया गरौँ, मान्छेले मान्छेलाई, प्रकृतिलाई, संसारलाई माया गरौँ’ बोलको गीतमा गायक प्रमोद खरेल र गायिका शितल मोक्तानको स्वर रहेको छ ।
बुधबार शब्द र संगीत तयार गरिएको गीतको रेकर्डिङ बिहीबार गरिएको थियो । शुक्रबार भिडियो छायाङ्कन गरिएको गीत आईतबार सार्वजनिक हुँदैछ ।
सनदेशमूलक यस गीतको एरेन्ज मनोहर सुनामले गरेका हुन् भने साउन्ड डिजाइन, नक्सालमा रेकर्डिस्ट भोला पौडेलले रेकर्ड गरेका हुन् ।

