काठमाण्डाै ।
फ्रान्सबाट चैत ४ गते नेपाल आएका एक नेपालीमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले १९ वर्षीय काेशाेरीमा स्वास्थ्य परिक्षण गर्दा पाेजेटिभ देखिएकाेले हाल टेकु अस्पतालमा उपचार भइरहेकाे जानकारी गराउनुभएकाे छ ।

किशाेरीका सबै परिवार र हाेम क्वारेन्टाइनमा बस्दै गर्दा सम्पर्कमा आएका सम्पूर्ण व्यक्तिहरूलाई क्वारेन्टाइनमा राखिएकाे जानकारी दिनुभएकाे हाे । व्यक्तिगत गाेपन्यताकाे कारण नाम भने उल्लेख गरिएकाे छैन ।
पत्रकार सम्मेलनमा बाेल्दै मन्त्री ढकालले भन्नुभयाे– याे आतिने समय भन्दा पनि सुरक्षित हुने समय हाे । त्यसैले सबैजना आफ्नाे क्षेत्रमा सुरक्षित रहन आह्वान समेत गर्नुभउकाे छ ।

