कमल, १० चैत्र ।
विश्वभर यतिवेला काेराेना भाइरस (काेभिड १९) महामारिकाे रूपमा फैलिरहेकाे छ । विश्वका धेरै शक्तिशालि देशहरू पनि यस भाइरस नियन्त्रण गर्न निकै ठुलाे चुनाैती माेलिरहेकाे अवस्था छ । नेपालमा पनि आज साेमबार स्वास्थ्य मन्त्रालयले प्रत्रकार सम्मेलन गरी एक नेपालीलाई काेराेना भाइरस पाेजेटिभ देखिएकाे जानकारी गराएकाे छ ।

नेपाल पनि यस भाइरसबाट अछुताे नहुने देखिएकाे छ । तसर्थ सबै सचेत हुन र अत्यावश्यक सामग्रीकाे वन्दाेवस्त गर्न आवश्यक रहेकाे भन्दै नेपाल विद्यार्थी संघ कमल गाउँपालिका समितिले कमल गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएकाे छ । ध्यानाकर्षण पत्रमा भनिएकाे छ काेराेना पाेजेटिभ देखिएकाे व्यक्तिलाई आवश्यक उपचार गर्न आइसाेलेसन र क्वारेन्टाइनकाे तुरून्त व्यवस्था गर्नु पर्ने उल्लेख गरिएकाे छ ।
पहलकदमी गाउँपालिकाले चाल्नु पर्ने र याे विपतकाे समयमा सहयाेग गर्न नेविसंघ कमल गाउँपालिका समिति तयार रहेकाे सभापति जितेन साम्पाङले बताए ।

