adv

क्वारेन्टाइनमा बस्ने बिरामीका लागि सहारा नेपालको २० लाख सहयोग

 

झापा । 

विश्वमा यतिवेला काेराेना भाइरस (काेभिड १९) महामारीकाे रूपमा फैलिरहेकाे छ । छिमेकि मित्रराष्ट्र चीन देखी सुरू भएकाे भनिएकाे काेभिड १९ यतिबेला युराेप तिर बढ्दाे देखिरहेकाे छ ।

नेपाल पनि भाइरस सक्रमितबाट बञ्चित रहन सकेन । तसर्थ नेपालमा पनि पूर्वसतर्कता अपनाउनका लागि विभिन्न स्थानहरूमा क्वारेन्टाइनकाे व्यवस्था गरिरहेकाे छ । साे क्वारेनटाइनमा बस्ने बिरामीहरूलार्इ खाद्यान्न सामग्री उपलब्ध गराउने उदेश्यले सहारा नेपाल साकाेसले २० लाख रकम दिने घाेषणा गरेकाे छ ।

नेपालकै एक उत्कृष्ठ सरहकारी मध्ये सहरा नेपाल साकाेसलाई चिनिन्दै आएकाे छ । सहारा नेपालले सहारा कर्मचारी मानवीय सहयता काेषबाट रकम प्रदान गर्ने भएकाे हाे ।

बुधबार बसेको कर्मचारीहरुको बैठकले उक्त रमक उपलब्ध गराउने निर्णय गरेको सहारा नेपाल साकोसका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिए । २० लाख रकम कुनै सार्वजनिक कोष खडा गरेर हैन कर्मचारीहरुको आन्तरिक बचत रकम मार्फत दिईन लागिएको बताईएको छ । सहयोग रकम जिल्ला विपत व्यवस्थापन समिति मार्फत उपलब्ध गराईने निर्देशक गिरीले बताए ।

सहारा नेपाल साकोसको कार्यक्षेत्र, झापा, मोरङ, सुनसरी, उदयपुर, इलाम, पाँचथर लगायतका जिल्लामा रहेर क्वारेन्टायनमा बसेका हरुकालागि सहयोग गर्न लागिएको बताईएको छ । झापाको विर्तामोड–२ चारपानेमा मुख्य कार्यालय रहेर पूर्वका ६ जिल्लामा सेवा क्षेत्र बनाईसकेको सहारा नेपाल साकोसमा हाल ६ सय भन्दा धेरै कर्मचारी आबद्ध रहेका छन ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु