माङसेबुङ, १३ चैत्र ।
काेराेना भाइरस (काेभिड १९) राेकथाम तथा पूर्वसतर्कताका लागि यतिबेला नागरिक सचेत हुन अनिवार्य छ । चीनले काेराेना भाइरस न्यूनिकरण गर्नका लागि धेरै उपायहरू मध्ये मानव मानवबीचकाे दुरी कायम राख्ने उपाय सबै भन्दा प्रभावकारी भएकाे जनाएकाे छ ।

यसै सन्दर्भमा माङसेबुङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रदिप राईकाे अगुवाइमा चिसोपानी पञ्चमी बजार क्षेत्रमा कोरोना भाइर राेकथामका लागि मानव मानवबीचकाे दुरी कायम गर्न, हात धुन लगायतका सचेतना कार्यक्रम प्रयाेगात्मक तरिकाले सम्पन्न गरिएकाे छ ।
भाइरसकाे संक्रमण हुन नदिन दुरी कायम राख्ने, साबुन पानीले २० सेकेन्डसम्म हात धुने, सेनेटाइजकाे प्रयाेग गर्ने लगायतकाे प्रयाेगात्मक अभ्यास गरिएकाे थियाे माङसेबुङ स्वास्थ्य शाखा प्रमुख प्रदिप राईले बताउनु भयाे ।
सचेतना कार्यक्रममा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, व्यापारी र सामाजिक अगुवाहरूकाे सहभागिता रहेकाे सामाजिक अगुवा हेमन्त राईले बताउनुभयाे ।
फाेटाे साैजन्य : हेमन्त राई

