दमक,
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको शब्द र संगीतमा अहिलेको कोरोना सन्त्रास र सचेतनाका लागि तयार पारिएको गीतको म्युजिक भिडियो सार्वजानिक भएको छ ।

Break the chain ‘आऊ माया गरौँ, मान्छेले मान्छेलाई, प्रकृतिलाई, संसारलाई माया गरौँ’ बोलको गीतमा गायक प्रमोद खरेल र गायिका शितल मोक्तानको स्वर रहेको छ ।
अंग्रेजी र नेपाली भाषामा रेकर्ड गरिएको सन्देशमुलक गीतको भिडियोमा अहिले विश्वव्यापी रूपमा माहामारी लिइरहेको कोरोना भाइरसबाट बच्ने उपाय र सचेतनाको विषयलाई देखाइको छ ।
पदम तिम्सिनाले निर्देशन गरेको उक्त भिडियो सोमबार हाइलाइट्स नेपाल युट्युव च्यानलबाट सार्वजनिक गरिएकाे छ ।

