adv

छिट्टै समाप्त हुँदैछ कोरोना भाइरस : वैज्ञानिक माइकल लेविट

एजेन्सी । नोवेल पुरस्कार विजेता तथा स्ट्यानफोर्ड बायोफिजिस्ट माइकल लेविटले अब कोरोना भाइरसको असर कम हुँदै जाने बताएका छन् । लस एन्जलस टाइम्ससँगको कुराकानीमा माइकलले भनेका छन्, ‘अहिले पनि भनिएजस्तो भयावह छैन । हरेक क्षेत्रमा डर, त्रास, चिन्ताको वातावरण छ । उच्चतम अवस्थामा कोरोना भाइरसको असर पुगिसकेको छ । अब यो बिस्तार कम हुँदै जान्छ ।’

माइकलको भनाइलाई संसारभरबाट महत्वपूर्णरुपमा हेरिएको छ । उनले चीनमा देखिएको कोरोना भाइरसको असरका विषयमा लगत्तै आफ्नो धारणा सार्वजनिक गरेका थिए । उनले सार्वजनिक गरेको धारणा मिलेपछि अमेरिकी मिडियाले उनलाई पच्छाएका छन् ।

सयौँ हेल्थ एक्सपर्टस्ले चीनले कोरोना भाइरस नियन्त्रणमा काम गर्न नसक्ने बताएका बेला उनले निश्चित समय नै तोकेर चीनले नियन्त्रण गर्ने बताएका थिए । यो उनको धारणा अहिले सत्य सावित भएको छ ।

लेवितले फेब्रुअरी महिनामा लेखेका थिए, ‘चीनमा कोरोना भाइरसको संक्रमणमा गिरावट आएको छ । यसले के देखिन्छ भने अबका केही हप्तामा चीनमा कोरोना भाइरस नियन्त्रणमा आउँछ । मृत्युदरमा पनि अन्य देशभन्दा चीन पछि नै हुन्छ ।’ उनको यो भविष्यवाणी सत्य सावित भएको छ ।

चीनले कोरोना भाइरसमा लगभग नियन्त्रण कामय गरिसकेको छ । वुहानमा सार्वजनिक गाडी चल्न थालेका छन् । चीन आफ्नो खुट्टामा उभिन थालेको छ ।

वास्तवमा लेविटले चीनमा झण्डै ३ हजार ३ सयको मृत्यु र ८० हजार संक्रमित हुने अनुमान लगाएका थिए । अहिले चीनमा मृत्यु हुनेको संख्या र संक्रमितको संख्या लगभग उस्तै छ । नागरिकखबरबाट

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु