adv

मेचीनगरमा कोरोना संक्रमण लक्षित घरमा रातो रंगको प्रयोग

काकरभिट्टा,
कोरोना भाइरस संक्रमण रोक्न मेचीनगर नगरपालिकाले नगरभित्र चैत १ गते पछि भारत सहित बिदेशबाट फर्किएका सदस्य भएका घरमा रातो रंग लगाएर पहिचान गरिने भएको छ ।

नगरपालिकाले वडा कार्यालय मार्फत टोल बिकास संस्थाहरुलाई परिचालन गरि बिदेशबाट आएका सदस्य भएको घरमा रातो रंगको संकेत चिन्ह लगाउने मेचीनगरका बरिष्ठ प्रशासकिय अधिकृत अनन्तप्रकाश वस्तीले जानकारी दिनु भयो । त्यसका लागि नगरपालिकाको तर्फबाट सबै टोल बिकास संस्थालाई रातो रंगको इनामेल पठाइसकीएको वस्तीले बताउनु भयो ।

संकेत चिन्ह लगाए पछि होम क्वारेन्टाइनको अनुगमन र स्वास्थकर्मी तथा सुरक्षाकर्मी परिचालन गर्न समेत सजिलो हुने भएकाले यस्तो निर्णय गरिएको वस्तीले बताउनु भयो ।

भारत तथा अन्य मुलुकबाट घर आएर जानकारी नगराई बस्नेको संख्या दैनिक रुपमा बढ्न थाले पछि कोरोनाको जोखिम थप बढेकाले त्यसको नियन्त्रणका लागि नगरपालिकाले यस्तो निर्णय गर्न बाध्य भएको जनाइएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु