काठमाण्डाै, १५ चैत्र ।
नेपालमा थप एक जनामा कारोना भाइसको संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनको क्रममा यस्तो जानकारी दिइएको हो ।

गत चैत्र ४ गते बेल्जियमबाट कतार हुँदै नेपाल आएकी एक २२ वर्षीया युवतीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पत्रकार सम्मेलनमा जानकारी दिए ।
संक्रमित युवती राजधानी बाहिरकी रहेको र उनको नियमित उपचार भइरहेको जानकारी दिइएको छ । ती युवती बाग्लुङकी हुन् । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित मानिसहरुको संख्या ५ पुगेको छ ।
जसमा सुरुमा संक्रमित पाइएका उक जना उपचारपछि घर फर्किएका छन् भने अन्य चार जना उपचारका क्रममा रहेका छन् ।

