adv

अस्ट्रेलियामा रहेका सात नेपाली कोरोना भाइरस संक्रमित

काठमाण्डाै, १५ चैत्र ।

अस्ट्रेलियामा रहेका सात जना नेपाली कोरोना भाइरस (कोभड १९) संक्रमित भएको पुष्टि भएको छ । अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले दिएको जानकरी अनुसार त्यहाँ रहेका मध्ये सात जना नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

राजदूत दाहालका अनुसार संक्रमितहरुको स्वास्थ्य स्थितिका बारेमा जानकारी लिने कार्य नियमित भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

अष्ट्रेलियकाको सिड्नीस्थित नेपालीहरूको बाक्लो बस्ती रहेको ग्रानभिल क्षेत्रमा एउटै अपार्टमेन्टमा बसेका चार जना नेपाली विद्यार्थीमा कोरोना संक्रमण भएको पुष्टि भएको दूतावासले जनाएको छ । हाल उनीहरू आइसोलेसनमा रहेका छन् । उनीहरू बस्ने अपार्टमेन्टमा ५० भन्दा बढी नेपाली विद्यार्थी बसोबार गर्ने बताइएको छ ।

अष्ट्रेलियाकै मेलवर्नमा एकै परिवारका तीन जनामा कोरोना संक्रमण देखिएको दूतावासको भनाइ छ । अस्ट्रेलियामा अहिले पनि सार्वजनिक यातायात र सपिङ सेन्टरहरु, विद्यालय र कलेज खुल्ला राखेकाले कोरोना भाइरस संक्रमणको जोखिम बढ्न सक्ने औंल्याइएको छ । अस्ट्रेलियामा करिब ६० हजार नेपाली विद्यार्थी अध्ययनरत रहेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु