adv

आइतबारदेखि धरानमा नै कोरोना संक्रमणको परीक्षण हुने

धरान, १५ चैत्र ।

विश्वमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को स्वाब परीक्षण धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने भएको छ । प्रदेश १ र २ का कोरोना भाइरसका सम्भावित संक्रमितलाई लक्षित गरि प्रतिष्ठानमा आइतबारदेखि परिक्षण गर्ने गरि प्रयोगशाला स्थापना गरिएको हो ।

प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख डा. सञ्जीवकुमार शर्माका अनुसार प्रयोगशालाबाट सामान्यतया दैनिक १२ जनाको स्वाब परीक्षण गर्न सकिने जसमा प्रयोगशालाको अधिकतम प्रयोग गर्दा दैनिक ३० जनासम्मको स्वाब परिक्षण गर्न सकिने बताएका छन् ।

कोरोना भाइरस आशंका गरिएका बिरामीहरुको भोलि आइतबार देखि प्रतिष्ठानमा तयार गरिएको प्रयोगशालामा गरिने र सोका लागि आवश्यक तयारी पुरा भएको छ ।

यसअघि कोरोना संक्रमणको परीक्षण काठमाडौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मात्र हुँदै आएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु