adv

कोरोना संक्रमण रोक्न लकडाउनको म्याद चैत्र २५ सम्म थप

काठमांण्डाै ।

सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्नलाई लागू गरेको लकडाउन थप ८ दिनलाई लम्ब्याउने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको संक्रमणको जोखिम र सम्भावनालाई मध्यनजर गरेर लकडाउनको समय थप ८ दिनलाई लम्ब्याउने निर्णय गरेको हो ।

सरकारले अघिल्लो पटक घोषणा गरेको लकडाउन चैत्र १८ गते बिहान ६ बजे समाप्त हुँदैछ । लकडाउन समय समाप्त हुनुभन्दा अघि नै सरकारले आगामी चैत्र २५ सम्मलाई दोस्रो पटक लकडाउन गर्नेे निर्णय गरेको हो ।

यसअघि आइतबार नै बसेको कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकले देशभर जारी लकडाउन लम्बाउनु पर्ने निष्कर्षसहित सरकारलाई सिफारिस गरेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु