adv

काेराेनाका कारण अमेरिकामा एकै दिनमा १ हजार ३ सय ३१ काे मृत्यु

हरप्रहर व्यूराे, २३ चैत्र । 

काेराेना भाइरसका कारण अमेरिकामा मात्र एकै दिनमा एक हजार तीन सय ३१ जनाकाे मृत्यु भएकाे छ । अमेरिकामा मात्र पछिल्लाे २४ घण्टाकाे तथ्याङकलाई हेर्दा ३४ हजार एक सय ९६ जनामा नयाँ संक्रमित देखिएकाे छ ।

अमेरिकामा मृत्यु हुनेकाे संख्या ८ हजार ४ सय ५२ जना पुगेकाे छ भने ३ लाख ११ हजार ३ सय ५७ जना संक्रमित रहेकाे छ । फ्रान्समा पनि १ हजार ५३ जनाकाे एक दिनमा नै मृत्यु भएकाे छ ।

विश्वमा हालसम्म ६४ हजार ६ सय ८८ जनाकाे मृत्यु भइसकेकाे छ । संक्रमितकाे संख्या १२ लाख १ हजार ४ सय ४३ जना पुगेकाे वल्डाेमिटरमा उल्लेख गरिएकाे छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु