हरप्रहर व्यूरो, २५ चैत्र ।
यतिबेला अमेरिका, इटली, स्पेन लगायतका देशहरुमा कोरोनाको प्रभाव बढि देखिरहेको छ । वल्डोमिटरका अनुसार हालसम्म अमेरिका, स्पेन र इटलीमा मात्र ४० हजार ७ सय ३५ जनाको मृत्यु भएको छ । जसमा अमेरिकामा १० हजार ८ सय ७१ जना, स्पेनमा १३ हजार ३ सय ४१ जना र इटलीमा १६ हजार ५ सय २३ जनाको मृत्यु भइसकेको छ ।
यो समाचार तयार पर्दासम्म विश्वमा ७४ हजार ६ सय ५४ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १३ लाख ४६ हजार ४ जना रहेको छ।


