adv

फेसबुकको भित्तामा होइन जनताको घरघरमा राहत सहित पुगे हेमन्त राई सहितको टोलि

माङसेबुङ, २५  चैत्र ।

काेराेना भाइरस संक्रमण बढ्न नदिन सरकारले गत चैत्र १० गते देखी देशभर लकडाउन घाेषणा गरिएक छ ।  लकडाउन घोषणसँगै शहरमा मात्र नभएर गाउँघरमा पनि जनजीवन प्रभावित बनेको छ ।

माङसेबुङ गाउँपालिका वडा नं। ६ र मिर्मिरे सास्कृतिक प्रतिस्ठान पञ्चमीको संयोजन साथै स्थानिय समाजसेवि हेमन्त राईको अगुवाईमा माङसेबुङमा वार्ड नम्बर ५ र वडा नंं ३ का केही क्षेत्रहरूमा बसोबास गर्ने ११ सय ५० घरधुरीलाई हरियो सागसब्जि वितरण गरियो थियो ।

सोहि कामलाई निरन्तरता दिदै समाजसेवी तथा नेकपा माङसेबुङ गाउँ समितिका अध्यक्ष समेत रहनुभएका हेमन्त राईको अगुवाईमा पुनः आज मंगलबार माङसेबुङ गाउँपालिका वडा नंं ४ मा करिब ४ सय ५० घरधुरीमा अर्गानिक हरियो सागसब्जि वितरण गरिएको छ । ५ सय मुठा हरियो रायोसाग, ३ सय मुठा जरिङगो र २ सय ५० पोका सिस्नु वितरण गरिएको हेमन्त राईले बताउनुभयो ।

हरियो सागसब्जि सिङफेरे,तिनदोभाने,मर्चेबुङ,सिमल्टार ,बनेली,झिल्के,चारपैरे लगायत को ठाउहरुमा वितरण गरिएको हो । योसँगै करिब १५ सय घरधुरीमा हरियो सागसब्जि वितरण सम्पन्न भएको छ ।

 

वितरणमा माङसेबुङ गाउँपालिका उपाध्यक्ष सुनिता सुब्बा ,वडा नंं. ६ का वडाध्य्क्ष प्रदीप साङपाङ, वडा नं. ४ का वडाध्यक्ष अमृत राई, वडा सदस्य हरु सन्त वि.क., धन राङ्कासु राई, गोमा देबि वि.क. साथै अभियानका प्रमुख हेमन्त राईको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस

माङसेबुङमा लकडाउनकाे ७औं दिन : अर्गानिक हरियाे सब्जि वितरण

 

Advertise Expired !

One thought on “फेसबुकको भित्तामा होइन जनताको घरघरमा राहत सहित पुगे हेमन्त राई सहितको टोलि

Leave a Reply

सम्बन्धित शीर्षकहरु