
झापा, २९ चैत्र । झापा जिल्ला भरी विभिन्न जिल्लाका विद्यार्थीहरू कोठाभाडामा बसेर अध्यन गर्ने विद्यार्थीहरुलाई गृह जिल्लाको सदरमुकामसम्म पठाउने निर्णय भएको भएकाे छ । जिल्लामा कोरोना भाइरस संक्रमण फैलन नदिनका लागि कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समिति झापाले १३ बुँदे निर्णय समेत गरेकाे छ ।

किसान सम्बन्धी राहत, अति विपन्नलाइ राहत, सिमामा क्वारेन्ठटाइन विस्तार, दैनिक उपभोग्य बस्तु तथा इन्धनको ब्यवस्थापन लगायतको बिषयमा निर्णय भएको समितिका संयोजक तथा जिल्ला समन्वय समिती झापाका प्रमुख सामेनाथ पोर्तेलले बताउनुभयो । प्रमुख पोर्तेलका अनुसार अव राहत बाँड्दा प्रहरीको अनिवार्य उपस्थिति हुनु पर्ने पनि समितिले निर्णय गरेको छ ।
जिल्ला समन्वय समिती झापाका प्रमुख तथा कोरोना भाइरस संक्रमण रोकथाम, उपचार, समन्वय तथा अनुगमन समितिका संयोजक पोर्तेलको अध्यक्षतामा बसेकोे बैठकले श्रमजीवि वर्गलाई राहत वितरणमा एक रुपता ल्याउनका लागि मापडण्ड तय गर्न प्रदेश सरकारलाई आव्हान गर्ने, राहत वितरणमा टोल विकास समितिहरुलाई परिचालन गर्ने, राहत वितरणका लागि सर्वदलीय तथा सर्वपक्षीय संयन्त्र वडा स्तरमा निर्माण गर्ने र वितरणमा सुरक्षा निकायसँग समन्वय गर्ने जस्ता निर्णयहरु गरिएको जनाईएको छ ।

