सुनसरी, २९ चैत्र ।
किरात राई यायाेक्खा जिल्ला कार्य समिति सुनसरीले धरान उपमहानगरको ‘कोरोना राहत कोष’ मा ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

कोरोनाको महामारीको बेला कोषका लागि किराया सुनसरीले शनिबार साे रकम धरान नगर प्रमुख तिलक राई र उपप्रमुख मञ्जु भण्डारी सुवेदीलाई किराया सुनसरीका अध्यक्ष बलराम राई, उपाध्यक्ष हिन्दुहाङ राई, सविच राजेन्द्र राई र कोषाध्यक्ष सुवित्रा राईले संयुक्त रूपमा नगद हस्तान्तरण गरेका हुन् ।

नगर प्रमुख तिलक राईले प्रदान गरिएको रकम लक्षित वर्गमै पुग्ने प्रतिवद्धता प्रकट गरे । उनले विपन्न तथा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका त्यस्ता वर्गहरूलाई नै रकम प्रदान गरिने उनले बताए ।
किरायाले इटहरी र वराहक्षेत्र नगरपालिकालाई पनि ५० हजार रुपैयाँ राहत कोषमा रकम प्रदान गरिएको किराया सुनसरीका अध्यक्ष बलराम राईले बताए । राहत रकम प्रदान गर्ने क्रममा किराया सुनसरीका पदाधिकारीहरू सहभागी रहेका थिए ।


