adv

जनप्रतिनिधिहरुको १ महिनाको तलब कोरोना कोषलाई 

मेचीनगर,  ३० चैत्र ।

झापा मेचीनगर नगरपालिकाका सबै जनप्रतिनिधिहरुले एक महिनाको सुविधा बापतको रकम कोरोनाका लागि स्थापना गरिएको राहत कोषमा जम्मा गर्ने भएका छन ।

मेचीनगरका सबै ८० जना जनप्रतिनिधिहरुले एक महिनामा विभिन्न शिर्षकबाट प्राप्त गर्ने सुविधा बापतको रकम १० लाख ५० हजार ३ सय ९० कोरोना राहत कोषमा जम्मा गर्ने निर्णय भएको मेचीनगरका प्रमुख बिमल आचार्यले बताए ।

जनप्रतितिनिधिहरुले बैठक भत्ता, टेलिफोन खर्च, खाजा खर्च, पुस्तक पत्रपत्रिका र इन्टरनेट खर्च, अनुगमन खर्च, खानेपानी तथा बिजुली खर्च, सरसफाई र मर्मत र अतिथि सत्कार शीर्षकमा सुविधा बापतको रकम पाउने उपप्रमुख मीना उप्रेतीले बताइन । उनका अनुसार चैत महिनाको जनप्रतिनिधिहरुको सुविधा बितरण भइसकेकाले कोरोना कोषमा जम्मा गर्ने रकम बैशाख महिनाको सुविधाबाट जम्मा हुनेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु