adv

दमकमा पनि आजदेखि काेराेना परिक्षण सुरू

दमक, ३० चैत । झापाको दमकमा अवस्थित दमक अस्पतालमा आज आइतबार देखि र्यापिड डाइग्नोष्टिक टेस्ट विधिद्वारा कोरोनाकाे परिक्षण शुरु गरेकाे छ ।  विदेशबाट आएर होम क्वारेन्टाइनमा बसेका र क्वारेन्टाइनमा रहेकाहरुकाे काेराेना संक्रमण भए नभएकाे पत्ता लगाउन  र्यापिड डाइगोनोस्टिक टेस्ट किट (आरडीटी) परीक्षण  शुरु भएको हो ।

किटले पोजेटिभ देखाएमा आइसुलेसनमा राखेर उपचार शुरु हुनेछ र स्वाब परीक्षणका लागि कोशी अञ्चल अस्पताल वा बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईने अस्पताल श्रोतले बताएको छ । नेपालमा कोराना भाइरस संक्रमण फेला परेको बिमान भएर नै विदेशबाट आएका दुइजनाको पनि आज किट मार्फत परीक्षण हुनेछ ।

दमक नगरपालिकाका स्वास्थ्य शाखाका स्वास्थ्य निरीक्षक बद्रि बरालका अनुसनर होम क्वारेन्टाइन तथा पहिला क्वारेन्टाइनमा बसेर घर गएर होम क्वारेन्टाइनमा बस्दै आएका बिदेशबाट फर्किका दमक वाड न.१, ५, ६, र ७ का बासिन्दाहरुबाट सुरु  गरिएको छ ।  यसले स्थानीय स्तरमा कोरोना परीक्षणमा सहजता पैदा भएको र अब शंकाश्पद विरामीहरुलाइ पहिलो चरणको परीक्षण गर्न सहज आएको पनि  बरालले जनाए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु