adv

नेकपा शिवसताक्षी नगरद्वारा २ लाख १५ हजार ५५५ राहत कोषमा सहयोग

शिवसताक्षी, ३० चैत्र । झापाको शिवसताक्षी नगरपालिकाको कोरोना रोकथाम तथा राहत कोषमा नेपाल कम्युनिष्ट पाटी (नेकपा) शिवसताक्षी नगर समितिले २ लाख १५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ ।

आइतबार नगर अध्यक्ष महेन्द्र भट्टराई सहितको टोलिले शिवसताक्षी नगर प्रमुख चन्द्र कुमार शेर्मा र उपप्रमुख भोजकुमारी नेपाललाई संयुक्त रुपमा रकम हस्तान्तरण गरेको हो ।

कोरोना राहत कोषमा सहयोग हस्तान्तरण गर्नुका साथै अन्य कार्यहरुमा पनि सहयोग अनवरत रुपमा पु¥याउने नेकपा शिवसताक्षी नगर परिवार प्रति नगर सरकारले आभार व्यक्त गरे ।

नेकपा शिवसताक्षी नगर समितिले यस अगि नै वडा–वडामा खाद्यान्न सामग्री समेत उपलब्ध गराएको थियो । १ लाख ८५ हजार बराबरको खाद्यन्न सहित जम्मा नगरभित्र पार्टीको तर्फबाट ४ लाख ५ सय ५५ रुपैयाँ बराबरको सहयोग गरेको पार्टी नगर सदस्य तथा ३ नम्बर इञ्चार्ज सञ्जय राईले बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा शिवसताक्षी नगर भित्रका जिल्ला, क्षेत्र तथा नगरका पदाधिकारी सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

फाेटाे साैजन्य : सञ्जय राई

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु