
काठमाडौँ ,२ बैशाख — र्यापिड डायग्नोस्टिक टेस्ट ९आरडीटी० किटबाट कोभिड–१९ परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएपछि पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका एकैपरिवारका तीनजना मध्ये दुईजनामा कोभिड(१९ को संक्रमण रहेको पुष्टि भएको छ ।
पाटन अस्पताल भर्ना गरिएकामध्ये दुईजनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयस्थित स्रोतले जानकारी दिएको छ। एकजनाको भनेपीसीआर परीक्षण पुनस् दोहोर्याइएको जानकारी पनि प्राप्त भएको छ। उनीहरू पेप्सीकोला टाउनप्लानिङस्थित सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ को १५ औं तलामा बस्दै आएका थिए।

कागेश्वरी मनोहरा नगरपालिकाले सोमबार मूलपानीस्थित नगर अस्पतालमा विदेशबाट आएका ३६ जनाको परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजिटिभ आएको हो। नगरप्रमुख कृष्णहरि थापाका अनुसार पनिचैत ४ गते राति १ बजे बेलायतबाट दोहा हुँदै काठमाडौं आएर क्वारेन्टाइनमा बसेका तीन जनाको आरडीटी किटबाट गरिएको परीक्षणको नतिजा पोजिटिभ आएको हो।
पाटन अस्पताल भर्ना गरिएका तीनै जनाको स्वास्थ्य सामान्य छ, संक्रमणको कुनै लक्षण देखिएको छैन।सुरक्षा उच्च स्रोतका अनुसार उनीहरू चैत ४ मा कतार एयरलाइन्सको फ्लाइट नम्बर क्यूआर ६४४ बाट काठमाडौं अवतरण गरेका थिए। त्यही बिल्डिङमा बस्ने एक व्यक्तिका अनुसार उनीहरू तीन साता बेलायत बसेर फर्किएका हुन्। (कान्तिपुर बाट )

