
काठमाडौँ, २ बैशाख । सरकारले लकडाउन १२ दिन बढाएर वैशाख १५ गतेसम्म पुर्याउने निर्णय गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमण रोक्नका लागि चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाउने सरकारले निर्णय गरेको हो ।

मंगलबार मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । एक साताका लागि घोषणा गरिएको लकडाउन संक्रमितहरु भेटिएपछी बढाउँदै लगेको हो। भोलि वैशाख ३ गते सरकारले घोषणा गरेको लकडाउन समय सकिदै थियो। नेपालमा हालसम्म १६ जनामा संक्रमण देखिएको छ।

