adv

तरकारीको गाडीमा लुकेर नेपाल प्रवेश गरेका १४ जना भारतीय पक्राउ

झापा, २ वैशाख । पूर्वी नाका झापाको काँकरभिट्टाबाट तरकारीको गाडीमा लुकेर नेपाल प्रवेश गरेका १४ जना भारतीयलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

काँकडभिट्टा नाकाबाट तरकारीको गाडीमा लुकेर आएका भारतीयलाई सुनसरीको इनरुवामा हिजो सोमबार प्रहरीले नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ । आईतवार राति काँकडभिट्टा नाकाबाट तरकारी बोक्ने पिकअप भ्यानमा उनीहरु नेपाल प्रवेश गरेको खुलासा भएको छ । कोशी व्यारेजतर्फ जाँदै गरेका उनीहरुलाई इनरुवा ३ बाट प्रहरीले नियन्त्रणमा लिएका हुन् ।

विहान २ बजेको समयमा आएको पिकअप भ्यानलाई चेककजाँच गर्ने क्रममा त्रिपालले छोपेको अवस्थामा उनीहरुलाई फेला पारिएको ट्राफिक प्रहरी चौकी इनरुवाका प्रहरी नायव निरिक्षक पुष्पक निरौलाले जनाउनुभयो । भ्यान चालकले तरकारी रहेको बताएपनि प्रहरीलाई शंका लागि चेंकजाँच गर्दा १४ जना भारतीय फेला परेका हुन् ।

उनीहरुलाई लिएर आएको पिकअप भ्यानलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले स्कर्टिङ गरेर काँकडभिट्टातर्फ नै फिर्ता पठाईदिएको छ । भारतको दरभंगा घर बताउने ति भारतीय नागरिकहरुले लकडाउनका कारण सवारीसाधनहरु बन्द भएकाले काकँडभिट्टा नाकाबाट प्रवेश गरेर कोशी व्यारेजको बाटोबाट भारत जान हिँडेको बताएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु